जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिविप्राध्यापकहरुलाई पाठ्यक्रम पूर्नताजगी तालिम

 बिनोद पौडेल   २२ बैशाख, २०८०



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययापन गराउदै आएको जनसंख्या विषयलाई थप व्यवहारिक बनाउन त्रिविले पाठ्यक्रमका विषयवस्तुहरुका वारेमा प्राध्यापकहरुलाई पूर्नताजगी तालिम संचालन गरेको छ ।

स्नातक तहलाई ४ बर्षे बनाएपछिको नयाँ पाठयक्रममा आधारित भएर शिक्षण प्रणालिलाई थप प्रभावकारी बनाउनका लागि जनसंख्या केन्द्रिय विभाग, त्रिविको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा देशैभरका करिब २ दर्जन शिक्षकहरुलाई यहि बैशाख १७ गते देखि २१ गतेसम्म पूर्नताजगी तालिम संचालन गरिएको जनसंख्या विभागले जनाएको छ । 

नयाँ समेटिएको पाठ्यक्रममा स्थानीय निकायको संरचना, संचालन प्रणालि, सुशासन, नेतृत्व र विकास, सहश्राव्दी र दिगो विकास लक्ष्य, स्वास्थ्य शिक्षा, बैदेशिक रोजगारीको अवसर र चुनौति, यसका प्रभावहरु लगायतका दैनिक जिवन यापनमा आइपर्ने विविध विषय तथा लोकसेवा आयोगमा उपयोगि हुने विषयवस्तुहरुलाई समेटिएको जनसंख्या विभागका प्रमुख प्रा. डा. योगेन्द्र गुरुङले बताउनुभयो । 

डा. गुरुङले पाठ्यक्रमका कमि कमजोरीहरुलाई केलाउदै वेला वखत थप परिमार्जन गर्दै समय सापेक्षित नयाँ नयाँ विषयवस्तुहरु समेट्दै जाने बताउनुभयो । जनसंख्याका विद्यार्थीहरुले कार्य गर्ने विभिन्न क्षेत्रहरुको पहिचान गरी कार्यक्षेत्रमा उपयोगि हुने, रोजगारमुलक र बजारको मागसंग केन्द्रित भएकोले यस विषयमा विद्यार्थीको चासो बढ्दै गएको गुरुङले बताउनुभयो । 

तालिमको समापन गर्दै त्रिवि मानविकि तथा समाजशास्त्रकी डिन प्रा. डा. कुसुम शाक्यले तालिममा सिकेको विषयलाई आ–आफ्नो क्याम्पसका सबै शिक्षकहरुसंग समन्वय गर्दै प्रभावकारी शिक्षण गर्न सहभागिहरुलाई अनुरोध गर्नुभयो । त्रिविको साँख बढाउन समय सापेक्षित पाठ्यक्रम परिमार्जन गर्नुपर्ने आजको आवश्यकता देखिएको र परिमार्जित विषयवस्तुहरुलाई प्रभावकारी रुपमा शिक्षण गराई विद्यार्थिको आकर्षण बढाउन शिक्षकहरुलाई मेहनत गर्न डिन शाक्यले निर्देशन दिनुभयो । 

पाठ्यक्रम निर्माण तथा पूर्नताजगी तालिममा मुख्य भूमिका निर्वाह गर्नुभएका प्रा. डा. योगेन्द्र गुरुङ, प्रा. डा. केशव अधिकारी, प्रा. डा. महेन्द्र शर्मा, सहप्राध्यापक डा. पदम खतिवडा, सहप्राध्यापक डा. उद्धब सिग्देल, सहप्राध्यापक डा. शिव खनाल, सहप्राध्यापक वालकृष्ण मावुहाङ, सहप्राध्यापक भेषनाथ सापकोटा, सहप्राध्यापक नवराज थापा, उपप्राध्यापक डा. विद्या श्रेष्ठ, उपप्राध्यापक डा. विजयमणि देवकोटा, उपप्राध्यापक डा. कमला लामिछाने, उपप्राध्यापक महेन्द्र वान्तवा (राई), उपप्राध्यापक गोविन्द अधिकारी लगायतका करिब डेढ दर्जन विषय विशेषज्ञहरुले ५ दिनसम्म पूर्नताजगी तालिममा सहजिकरण गर्नुभएको थियो । 

समापन कार्यक्रममा सहभागिका तर्फवाट उपप्राध्यापक बलवन्त कुर्मीले वोल्दै शिक्षालाई सिप र व्यवहारिक ज्ञानसंग जोड्दै अवका दिनहरुमा सैदान्तीक ज्ञान भन्दा पनि पाठ्यक्रम व्यवहारिक बनाउदै लैजान विभागले खेलेको भूमिका प्रसंसा योग्य भएको बताउनुभयो । पद्यमकन्या क्याम्पसकी उपप्राध्यापक अम्विका कौडालले नयाँ विषयवस्तु तयार पार्दा सरलिकृत रुपमा बनाइएकोले विद्यार्थीहरुलाई बुझ्न सजिलो भएको र पढाउदा विद्यार्थीमा झनै उत्सुकता जागेको पाइएकोले ४ बर्षे पाठ्यक्रम रोजगारी सृजना गर्ने, देश समाज अनुसारको व्यवहारीक रहेको र गुणस्तरीय मानब निर्माण महत्वपूर्ण भूमिका निर्वाह गर्ने खालको रहेको बताउनुभयो ।  

५ दिने पूर्नताजगी तालिम कार्यक्रमको उद्घाटन गर्दै विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्राध्यापक शंकर प्रसाद भण्डारीले त्रिविका शिक्षक तथा विद्यार्थीहरुलाई अनुसन्धानका लागि आयोगसंग श्रोत साधन भएकाले त्यस्तो श्रोत साधनलाई अधिकतम प्रयोग गर्दै अनुसन्धानमा लाग्न देशैभरका शिक्षक विद्यार्थीलाई अनुरोध गर्नुभयो । बर्षमा करिब २ सय अनुसन्धान, क्षमता विकास जस्ता कार्यहरुकालागि आयोगले लगानी गरिरहेको उहाँले बताउनुभयो । उक्त रकमलाई विद्यार्थीको शैक्षिक गुणस्तर कायम गर्न अनुसन्धान तथा खोजका विषयमा र प्राध्यापकहरुको क्षमता विकासमा खर्च गर्दा शैक्षिक गुणस्तर माथि उठ्न गई देश र समाजलाई योगदान पुग्ने भण्डारीले बताउनुभयो । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप शिक्षा / स्वास्थ्य खबर

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए


प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न


एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री


नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि


आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने

आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने


डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता


वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज


ग्रेडिङ मार्कमा भएको त्रुटि सच्याउन त्रिविसँग नेविसंघको माग

ग्रेडिङ मार्कमा भएको त्रुटि सच्याउन त्रिविसँग नेविसंघको माग



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation