सुनकाे मूल्य घट्याे

 अर्थ बुलेटिन   ४ जेठ, २०८०



काठमाडौ । बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा ३०० रुपैयाँले घटेको जनाएको छ ।

जसअनुसार बुधबार तोलामा १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार १ लाख ९ हजार ७०० रुपैयाँमा कारबोर भएको छ ।

यस्तै तेजावी सुन तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation