हिमाल दोलखा हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने

 प्रकाश भट्ट   ५ जेठ, २०८०



काठमाडौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले २२ जेठदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ७५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । अर्थात् कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.७५ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

यसअनुसार कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले २७ वैशाखमा  बुकक्लोज गरेको थियो ।

यसअनुसार २६ वैशाखसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा १० असारसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ । हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation