कुमारी बैंककाे ३ लाख १६ हजारभन्दा बढी संस्थापक सेयर लिलामी बिक्री खुला

 अर्थ बुलेटिन   ८ जेठ, २०८०



काठमाडौ । कुमारी बैंकले साेमबारदेखि ३ लाख १६ हजार १४० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनी सहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । 

यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा असार १० गतेसम्म आवेदन दिन मिल्नेछ । 

बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट, नारायणचौर काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation