थ्रीस्टार हाइड्रोपावरकाे आइपीओमा आवेदन दिने आज अन्तिम दिन

 अर्थ बुलेटिन   ९ जेठ, २०८०



काठमाडौ। थ्रीस्टार हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज जेठ ९ गते मंगलबार अन्तिम दिन हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । यस कम्पनीले वैशाख ११ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । हाइड्रोपावरले जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको छ ।

जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ४ लाख ९२ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको छ । यस आइपीओमा खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ देखि ११ साविकको बाहुनीडाँडा, डिकुवा, च्याम्सिटार, बडहरे, दुर्छिम, मंगलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खले र राजापानी गाविसका सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । 

 

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं। १ देखि ७ ९साविकको याम्खा, डाडागाउँ, छोरम्बु, बतासे, सचिता पोखरी, छिता पोखरी र टेम्मा गाविस० का सम्पूर्ण वडा बासिन्दाहरले आवेदन दिन सक्नेछन् ।

 

स्थानीय बसिन्दाले यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख ९२ हजार ५०० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई इक्रा एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

 

स्थानीय बासिन्दाले आयोजना स्थल, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation