नेसनल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

 अर्थ बुलेटिन   १० जेठ, २०८०



काठमाडौ । नेसनल लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज जेठ १० गते बुधबार अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि यस कम्पनीले जेठ ११ गते बुक क्लोज गर्दैछ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनि सक्नुपर्नेछ । नेसनल लाइफले आर्थिक वर्ष २०७८/२०७९ को नाफाबाट १४.५० प्रतिशत लाभांश वितरण गर्दै छ ।

यसले ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ६.५० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । उक्त लाभांश पारित गर्न यस कम्पनीले जेठ २२ गते साधारण सभा बोलाएको छ । सभा, नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

सभामा २०७८/७९ को नाफा नोक्सान हिसाब किताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । त्यस्तै, सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation