बुधबार विदेशी मुद्राको विनिमय दर

 अर्थ बुलेटिन   ६ असार, २०८०



काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनीक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार बुधबार अमेरिकी डलर एकको खरिद दर १ सय ३१ रुपैयाँ १० पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ ७० पैसा पुगेको छ ।

त्यस्तै, युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ २७ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ९२ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १ सय ६७ रुपैयाँ २४ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ शून्य पैसा रहेको छ । यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation