जोरपाटीमा सानो बजारको उद्घाटनकुमारीको क्यूआर सुविधा

 प्रकाश भट्ट   ८ असार, २०८०



काठमाडौं । काठमाडौंको जोरपाटी स्थित सानो बजारका व्यावसायिहरुलाई कुमारी बैंक लिमिटेडले क्यूआर सुविधा उपलव्ध गराएको छ । 

स्थानीय ग्राहकहरूको दैनिक आवश्यकिय सामग्री तथा वस्तुहरु एकै ठाउँमा उपलब्ध गराउने उदेश्यले साना–साना बिक्रेताहरुलाई एकीकृत गरी निर्माण भएको सानो बजारलाई टेवा पु¥याउनका साथै कारोबारलाई थप व्यवस्थित गर्नका लागि सो सेवा प्रदान गरिएको कुमारी बैंकले जनाएको छ । 

आफ्नो मोबाइल फोनबाटै सहज रूपले भुक्तानी गर्न सकिने यस क्यूआर सुविधा सानो बजारको लागि सहज कारोबारको विकल्प बन्ने कुरामा बैंक विश्वस्त छ । यसै क्यूआर सुविधालाई टेवा पु¥याउन र डिजिटल प्रबिधिको प्रयोगलाई प्रोत्साहन गर्नका लागि कुमारी बैंकले सानो बजारमा निःशुल्क वाई फाई सुविधा पनि उपलब्ध गराएको छ । साथै कुमारी बैंक लिमिटेडले यी बिक्रेताहरुको सुरक्षाको लागि सानो बजारमा सिसि क्यामरा जडानको व्यवस्था समेत गरेको बैंकले जनाएको छ ।

सानो बजारको उद्घाटन समारोहमा मुख्य अतिथिका रुपमा प्रतिनिधि सभाका सदस्य माननीय सन्तोष चालिसे, प्रतिनिधि सभाका सदस्य माननीय शान्ति श्रेष्ठ, तथा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसाल, उप-प्रमुख सान्नानी लामा, वडा नं ५ का वडा प्रमुख नारायण बहादुर सुवेदी, वडा नं ६ का वडा प्रमुख नवराज लामा, पूर्व संघीय सांसद कृष्ण राई, तथा कुमारी बैंक लिमिटेडको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत रमेश अर्याल लगायत स्थानिय व्यवसायी तथा अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ ए.टि.एम तथा ६३ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरु मार्फत आ आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation