तीन दिन ओरालाे लागेकाे सेयर बजारमा चमक

 बिनोद पौडेल   १९ असार, २०८०



काठमाडौ,  १९ असार । लगातार तीन दिन ओरालाे लागेपछि मंगलबार नेप्से सूचक दोहोरो अंकले बढेको छ । यस दिन सूचक १२.७३ अंकले बढेर २०८८.७० विन्दुमा आएको छ ।

एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यसअघि ३ दिनमा नेप्से सूचक ११०.३९ अंकले घटेको थियो । मंगलबार सूचक वृद्धि भए पनि कारोबार रकम भने प्रभावित भएको छ । 

यस दिन २८२ कम्पनीको ६४ लाख ५० हजार कित्ता सेयर कारोबार भएको छ ।

१२ करोड १७ लाख रुपैयाँसहित कारोबार रकममा नागरिक लगानी कोष अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनएलजी इन्स्याेरेन्स र हिमालयन लाइफ इन्स्याेरेन्स परेका छन् । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation