आजको विदेशी मुद्राको विनिमय दरः डलरकाे भाउ घटदा युराेकाे बढयाे

 अर्थ बुलेटिन   २४ असार, २०८०



काठमाडौ । नेपाल राष्ट्र बैंकले आईतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०९ पैसा र बिक्री दर १३२ रूपैयाँ ६९ पैसा रहेको छ भने युरो एकको खरिद दर १४३ रूपैयाँ ७३ पैसा र बिक्री दर १४४ रूपैयाँ ३९ पैसामा काराेबार भइरहेकाे छ ।

हिजो अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ७२ पैसा र बिक्री दर १३२ रूपैयाँ ३२ पैसामा तथा युरो एकको खरिद दर १४३ रूपैयाँ ४० पैसा र बिक्री दर १४४ रूपैयाँ ०६ पैसामा काराेबार भएकाे थियाे ।

बेलायती पाउण्ड स्टर्लिग एकको खरिद दर १६८ रूपैयाँ ३३ पैसा र बिक्री दर १६९ रूपैयाँ ०९ पैसामा काराेबार गर्ने अनुमति दिएकाे राष्ट्र बैकले अस्ट्रेलियन डलर एकको खरिद दर ८७.७१ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.११  रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८ पैसा र बिक्रीदर ९९ रुपैयाँ २५ पैसामा खरिद बिक्री गर्न सकिने जनाएकाे छ ।जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २३ पैसा र बिक्रीदर ९ रुपैयाँ २७ पैसा तथा दक्षिण काेरिया १०० को खरिदमा १० रूपैयाँ ११ पैसा र बिक्रीदर  १० रूपैयाँ १६ पैसा कायम गरिएकाे छ ।

साथै,  कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २५ पैसा र बिक्री दर ३६ रूपैयाँ ४१ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५ .२१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३७ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४२ रुपैयाँमा काराेबार हुनेछ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation