कास्कीकोट बतच तथा ऋण सहकारीको प्रशिक्षण कार्यक्रमसंस्था स्थापनाको १० बर्ष पुरा

 अर्थ बुलेटिन   २६ असार, २०८०



असार २६, कास्की । कास्कीकोट बतच तथा ऋण सहकारी संस्थाले ११औं स्थापना दिवसका अवसरमा प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । 

प्रशिक्षण कार्यक्रममा सहकारीहरु समस्यामा पर्नुका कारणहरु, समस्या पर्नुवाट बच्ने उपायहरु, संचालक समिति, लेखासमिति र शेयर सदस्यहरुको काम, कर्तव्य र सहकारीका मुल्य मान्यताहरुका बारेमा प्रशिक्षण संचालन गरिएको सहकारीका अध्यक्ष सन्तु सुवेदीले जानकारी दिनुभयो । 

प्रशिक्षण तथा ११औं स्थापना दिवसका उपलक्ष्यमा मनाइएको विशेष कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष सन्तु सुवेदीले गर्नु भएको थियो भने प्रमुख अतिथि पोखरा महानगरपालिका सहकारी महाशाखा प्रमुख भरतरराज पौडेल रहनुभएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि पौडेलले ‘केक’ काटेर मात्र खुसियाली मनाउने भन्दा प्रशिक्षण कार्यक्रम राखी अफ्ना शेयर सदस्यहरुको मनमा उब्जेका आसंङ्का, भ्रम, बजारमा फैलिएका बेथिती तथा समस्याग्रस्त सहकारी भनि घोषित गर्नु पर्नाका कारणहरुबारे संचालित प्रशिक्षण कार्यक्रम एक नमुना कार्यक्रम भएको भनि प्रसंसा गर्नुभयो ।

संस्थाका शेयर सदस्य एवं पोखरा महानगरपालिका कार्यपालिका सदस्य हरीमाया वि. क. ले विशेष अतिथिको आसनबाट सहकारीहरुले आफ्नो क्षमता भन्दा बढीको कारोवार गर्नु, समुदाय भन्दा बाहिरका १ कित्ते शेयर सदस्यहरुमा लगानी गर्नु र प्रतफिलको आंकलन बिनाका परियोजनामा लगानी फस्नु आजको प्रमुख समस्या भएको बताउनु भयो । 

संस्थाका सल्लाहकार हेमप्रसाद तिमिल्सीना, संस्था स्थापना कालका पदाधिकारी एवं सदसस्यहरु जमुना सुवेदी, धनमाया सुवेदी, तिलुमाया गीरी, बेलकुमारी अधिकारी, दुर्गा सुवेदी, कलावति सुवेदी, ज्योती सुवेदी र लक्ष्मी कुमारी अधिकारीलाई खादा, रातो टीका र मायाको चिनोबाट सम्मान गरिएको संचालक समिति सचिव सिता सुवेदीले जानकारी गराउनुभयो । 

प्रशिक्षण कार्यक्रममा कास्की जिल्ला सहकारी संघ शिक्षा उपसमिति सदस्य धनञ्जय पौडेलले सहकारीहरु समस्यामा पर्नुका कारण, समाधानका उपाय, संचालक समिति, लेखासमिति र शेयर सदस्यहरुको काम, कर्तव्य तथा सहकारीका मुल्य मान्यताहरुबारे प्रशिक्षिण दिनुभएको थियो ।

सम्मानित व्यक्तित्व हेमप्रसाद तिमिल्सीनाले अग्रजहरुलाई सम्मान गर्ने परम्पराको थालनी गर्नु भएकोमा धन्यवाद दिदै संस्थाको प्रगतिको कामना सहितको शुभकामना व्यक्त गर्नुभयो ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation