लक्ष्मी र सनराइज बैंकको २९ असारबाट एकीकृत कारोबार सुरु हुँदै

 अर्थ बुलेटिन   २६ असार, २०८०



काठमाडौ । लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्जर भएर २९ असारबाट एकीकृत कारोबार सुरु हुने भएको छ । दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार २२ र कम्पनी रजिष्ट्रार कार्यालयले २४ असारमा अन्तिम स्वीकृति दिइसकेको छ । दुवै एक भएपछि अब लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।

यसअघि दुवै बैंकले जेठ ८ गते एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा अन्तिम सम्झौता गरेका थिए । दुवै बैंक १ः१ अनुपातमा मर्ज भएका हुन् । हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइजको १० अर्ब ११ करोड रुपैयाँ छ । १०० प्रतिशतको स्वापमा मर्जर हुँदा बैंकको चुक्ता पुँजी २० अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ ।  यता २९ असारदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न दुवै बैंकको २७ र २८ असारमा सबै सेवाहरु अवरुद्ध हुनेछन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation