२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौ । नेपाली बजारमा लगातार दोस्रो दिन मंगलबार पनि सुनचाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि सुनचाँदीको भाउ फेरबदल नभएको हो।
मंगलबार प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको छ। सोमबार भाउ स्थिर रहँदै सुनको त्यतिमा नै कारोबार भएको थियो। चाँदीको भाउ पनि मंगलबार स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ। चाँदीको भाउ साेमबार पनि स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँमै कारोबार भएको थियो।