नेशलन माइक्रोफाइनान्स र समीट लघुवित्तको सेयर कारोबार रोक्का

 अर्थ बुलेटिन   २७ असार, २०८०



काठमाडौ,  २७ असार । नेप्सेमा नेशलन माइक्रोफाइनान्स र समीट लघुवित्तको शेयर कारोबार रोक्का हुने भएको छ । उक्त  संस्थाहरुले असार ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । 

संस्थाहरु एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धि निर्देशिका बमोजिम एकीकृत कारोबारपश्चात लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुन: दर्ता, धितोपत्रको अभौतीकरण तथा सूचीकरण प्रयोजनका लागि असार ३० गतेदेखि लागु हुने गरी शेयर कारोबार रोक्का राखिदिन संस्थाहरुले नेप्सेसमक्ष अनुरोध गरेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation