राष्ट्र उत्थान र आशा लघुवित्तकाे ३१ असारदेखि एकीकृत कारोबार

 अर्थ बुलेटिन   २८ असार, २०८०



काठमाडौ । राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरेर आशा लघुवित्तले आइतबार असार ३१ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछ । दुवै संस्थालाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार २२ र नेपाल धितोपत्र बोडएले असार २६ गते अन्तिम स्वीकृति दिइसकेको छ ।

आशाले राष्ट्र उत्थान लघुवित्तलाई १ः१ को सेयर स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो । यी दुवै संस्थाहरुले गत चैत २९ गते एक्विजिसन सम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

हाल आशा लघुवित्तको चुक्ता पुँजी ४० करोड रुपैयाँ बढी रहेको छ भने राष्ट्र उत्थानको २६ करोड रुपैयाँ रहेको छ । आशा लघुवित्तको राजिष्टर्ड कार्यालय नुवाकोटको मदरपुरमा रहेको छ भने राष्ट्र उत्थान लघुवित्तको काभ्रेको बनेपा, साँगामा रहेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation