सेयर बजार १२.६२ अंकले घट्याे

 अर्थ बुलेटिन   २८ असार, २०८०



काठमाडौ । नेप्से सूचक बिहीबार १२.६२ अंकले घटेर २०८४.९३ विन्दुमा अडिएको छ । ३ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन ३ कम्पनी सकारात्मक सर्किट लेबलमा खरिदबिक्री भए ।

सुरुवाती कारोबारमै २१ सय विन्दु पार गरेको नेप्से अन्तिम प्रहरमा भने सुस्त बन्यो । दोहोरो अंकले बढेको बजारमा एकाएक बिक्रेता हावी भएपछि कारोबारको अन्तिम प्रहरमा सूचक प्रभावित भएको हो ।

यस दिन २९६ कम्पनीको ९३ लाख ८२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २३ करोड ७५ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र हिमालयन लाइफ इन्सुरेन्स रहेका छन् । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation