प्रभु बैंकको ५ लाख ७९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

 अर्थ बुलेटिन   २९ असार, २०८०



काठमाडौ । प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख ७९ हजार ८३८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । जसमा १ लाख ६८ हजार ३९९ कित्ता सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आउँदाे आइतबाबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेस गर्नु पर्नेछ । यस्तै, ४ लाख ११ हजार ४३९ कित्ता सेयरमा जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक जो कोहीले  शुक्रबारदेखि १५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेस गर्नुपर्नेछ ।  यसअघि बैंकका विद्यमान संस्थापकहरुलाई सेयर बिक्री खुला गर्दा आवेदन नपरेको हुनाले बैंकले यस पटक अन्य लगानीकर्ताले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिदिएको हो । बैंकले यो सेयरको भाउ भने तोकेको छैन ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation