शतप्रतिशत हकप्रद सेयर बिक्री गर्दै हिमालय ऊर्जा विकास कम्पनी

 अर्थ बुलेटिन   १ सावन, २०८०



काठमाडौ,  १ साउन । हिमालय ऊर्जा विकास कम्पनीले शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले शतप्रतिशत अर्थात् १ बराबर १ अनुपातमा ९९ लाख कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो हकप्रद शेयर निष्कासनका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेड बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

उक्त हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation