अनलाइनबाटै २ लाखसम्मको कर्जा तुरुन्तै पाइनेएनआईसी एशियाको ‘मुद्दती खाता कर्जा’ योजना

 प्रकाश भट्ट   ३ सावन, २०८०



काठमाडौं । एन आई सी एशिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा (Online Loan against Fixed Deposit) नामको अर्को योजना कार्यन्वयनमा ल्याएको छ । 

योजनाअन्तर्गत बैंकमा मुद्दती निक्षेप राख्नुभएका ग्राहक महानुभावहरूले बैंकको मोबाइल बैंकिङ्ग  एप वा वेबसाइट (https://loan.nicassiabank.com) बाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम रू. २ लाखसम्मको कर्जा तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।

‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको यस बैंकले ल्याएको यस कर्जाको लाभ लिन योग्य ग्राहक महानुभावहरूले मोबाइल बैंकिङ्ग एप वा वेबसाइटमा उपलब्ध ‘Apply for Loan Against FD' विकल्प जान सक्नुहुनेछ । उक्त विकल्प छनौट गरेपछि सिस्टमले आवेदनको मुद्दती खाताको विवरण र निजको खातामा उपलब्ध रकम तत्कालै जानकारी लिनेछ र यसपछि ग्राहक महानुभावहरूले आफूले चाहेको कर्जा रकमको विवरण भरेपछि रू. २ लाखसम्मको कर्जाको लागि आवश्यक विवरण भरेपछि ओटीपी (OTP) कोड प्राप्त हुनेछ । 

अब उक्त ओटीपी कोड हालेर सर्त मञ्जुरीमा क्लिक गरेर प्रविष्ट गरेपछि कर्जा रकम ग्राहक महानुभावहरूको खातामा तुरुन्तै जम्मा हुनेछ । साथै, यस योजनमार्फत रू. २ लाखभन्दा माथिको कर्जाको हकमा भने लागि ग्राहक महानुभावहरूले डिजिटल फर्म भरेर यस बैंकको शाखा कार्यालयमा गई आवश्यक प्रकृया पूरा गरेपछि कर्जा प्राप्त गर्न सक्नुहुनेछ । 

यसरी मुद्दती खाता कर्जा प्राप्त गर्नुहुने ग्राहक महानुभावहरूले हरेक त्रयमासको अन्तसम्ममा ब्याज भुक्तानी गर्नुपर्ने नियम रहेको छ भने कर्जा लिएको एक वर्ष वा मुद्दती खाता परिपक्व हुने दिनको अघिल्लो दिनसम्म साँवा भुक्तानी गर्नुपर्नेछ । न्यूनतम रू. ५ हजार कर्जा सीमा उपलब्ध यस योजनामा ग्राहक महानुभावहरूले प्राप्त गर्ने कर्जाको अधिकतम सीमा, ब्याजदर, प्रकृया शुल्क, कर्जा भुक्तानी सुविधा, पुर्नतालिकीकरण, सर्तहरूका बारेमा कर्जा लिने प्रकृयाको क्रममा जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।

सेवाको जानकारी गराउन बैंकले जारी गरेको विज्ञप्तीः

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation