![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । होलसेल व्यापार व्यवसाय संचालन गर्ने उदेश्यका साथ कंलकी खसि बजारमा खोलिएको National Business Trade Centre (NBTC Wholesale Complex) मा लगानीकर्ता र निर्माणकर्ताका बिचमा असोजसम्म लालपुर्जा वितरण गरिसक्ने समझदारी बनेको छ ।
लामोसमयदेखि लालपुर्जा विवादले संचालक र लगानीकर्ता विच मतभेद वढिरहेका बेला विहिवार सम्पन्न वृहत बैठकमा श्रावण महिना भित्र न्यूनतम १४५ जना र असोज भित्र थप १४५ गरी न्यूनतम २९० जनालाई पहिलो चरणमा लालपुर्जा वितरण गरिसक्ने कम्पनीका अध्यक्ष नरेन्द्र बज्राचार्यले प्रतिवद्धता जनाएका छन् । उनी भन्छन् ‘नविल बैंकमा यसै भवनलाई धितो राखी भवन निर्माणका लागि कम्पनीले लिएको करिब ४२ करोड मध्येमा हाल ३८ करोड लोन तिर्न वाँकी रहेकाले बैंकले लोन नतिरी फुकुवा नगर्ने हुदाँ लालपुर्जा वितरणमा समस्या आएको हो । अब, छत विक्रिवाट प्राप्त हुने ९ करोड र डाइरेक्टरहरुवाट वाँकी रकम व्यवस्थापन गरी लोन तिर्ने र असोज भित्रमा सत् प्रतिशतलाईनै लालपुर्जा वितरण गर्ने तयारीमा मिलाल्याण्ड रहेको छ ।’
अध्यक्ष बज्राचार्यको प्रतिवद्धता सहितको भिडियो मन्तव्य समाचारको अन्तमा हेर्नुहोला ।
अध्यक्ष बज्राचार्यले यसो भनिरहदाँ व्यवसायिहरु भने यसमा विश्वास गर्ने पक्षमा छैनन् । लगानीकर्ता तथा व्यवसायि हरि गौतम भन्छन् ‘कम्पनीका प्रतिनिधिहरुले २०७७ सालदेखिनै पटक पटक लालपुर्जा वितरण गर्छौ भन्दै कहिले मौखिक त कहिले लिखित प्रतिवद्धता समेत जनाउदै आएका छन् तर हालसम्म त्यसको पालना गरेका छैनन् । पटक पटक झुटो आश्वासन दिएर लगानीकर्तालाई झुक्याउने काम भइरहेको छ । अब, हामि अन्तिम पटक श्रावण १५ सम्म कुर्नेछौ । यस अवधि भित्रमा लालपुर्जा वितरण गर्ने प्रतिवद्धता अनुसारको कार्य आरम्भ भएन भने हामि हजार जना लगानीकर्ता कानुनी लडाईमा लाग्नेछौ ।’ उनि थप भन्छन् ‘यदि कानुनी उपचारमा लाग्ने अवस्था आयो भने यो हामि सबैका लागि दुर्भाग्यपूर्ण अवस्था हुनेछ । त्यस्तो अवस्था आयो भने हजार जना मानिससंग झण्डै ४० करोड भन्दा धेरै पैसा उठाएर ठगि गरेको नेपालको सम्भवत सबैभन्दा ठुलो संगठित र संस्थागत ठगिको केश हुनेछ ।’
नेपालमा अपार्टमेन्ट मोडलमा निर्माण भएको यो भवनको निर्माण तथा व्यवस्थापन मिलाल्याण्ड कम्पनीले गरेको हो । २०७७ सालमानै निर्माण सम्पन्न भई व्यवसायिक पसलहरु आरम्भ भईसकेको यो भवन निर्माण पुर्बनै करार सम्झौता गरी छुटछुट्ै सटरहरु विक्रि गरी निर्माणकर्ताले रकम उठाएका थिए । प्रति व्यक्ति १५/१६ लाख देखि करोडसम्म रकम उठाइएको यो भवनमा झण्डै ४० करोड भन्दा धेरै रकम उठाएको यसका निर्देशकहरुलेनै भन्ने गरेका छन् ।
करार सम्झौता अनुसार मिलाल्याण्ड कम्पनीले २०७७ सालमानै सटरका लगानीकर्ताहरुलाई लालपुर्जा वितरण गरीसक्नु पर्ने थियो तर उनिहरुले हालसम्म पनि लालपुर्जा वितरण नगर्दा आफ्नो सम्पत्ति प्रयोग गर्न नपाएको गुनासो लगानीकर्ता तथा व्यवसायिहरुको रहेको छ । लगानीकर्ता एवं व्यवसायि राजु घिमिरेले भन्नुभयो ‘२०७७ मा महानगरवाट निर्माण सम्पन्न समेत आइसकेको यो भवनको एक÷एक सट फरक–फरक व्यक्तिका सम्पत्ति हुन् । तर, यसका संचालकहरुले भवनलाई कम्पनीकै नाममा राखी बैंकवाट ठुलो परिणाममा लोन लिएर लोन नतिर्दा हाम्रो सम्पत्ति बन्धक भएको छ । निर्माणका लागि लगानीकर्तासंग पनि पैसा लिने र फेरी बैंकवाट पनि लोन लिएर ठुलो रकम हिनामिना गरिएको छ ।’
यस कम्प्लेक्समा आठ तल्ला मध्ये पाँच तल्लामा व्यापारिक पसलहरु रहेको छ, विशाल अन्डर ग्राउन्ड पार्कीङ सुविधा साथै प्रयाप्त गोदामको व्यवस्था रहेको यो भबन करिब २३ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
यसैगरी, कलंकी चोकमा निर्माणाधिन कलंकी ट्रेड सेन्टर समेत यहि समुह र यहि कम्पनीले निर्माण गरेको हो । करिब ५०० सटरहरु रहेको खुद्रा व्यापारिक केन्द्र भनिएको यो भवनमा समेत प्रति व्यक्ति २०/२२ लाख देखि एक करोड सम्मका दरले झण्डै ५ सय जनासंग रकम संकलन गरिएको छ । यसको पनि निर्माण सम्पन्न गरी तत्काल प्रत्येक लगानीकतालाई लालपुर्जा वितरण गर्नुपर्नेमा यो भवन समेत अलपत्र अवस्थामा रहेको छ ।
यसैविच, एनविटिसीमा हाल पसल संचालन गरिरहेका सटरहरुवाट यहि श्रावण महिनादेखिनै विजुलिको विलवापत प्रति महिना १५ रुपैयावाट बढाएर २५ रुपैया पुरयाउन लागिएको र भाडा दरमा दिदै आएको ७० प्रतिशत छुटलाई घटाउन लागिएको विषमा भाडावाल व्यवसायिहरु समेत आन्दोलित भएका छन् । उनिहरुले व्यवस्थापनसंग यि दुबै वृदिहरु तत्काल फिर्ता नगरे सटरहरु बन्द गरेर व्यवस्थापकलाई चावि बुझाई शशक्त आन्दोलन गर्ने बताएका छन् ।
अध्यक्ष नरेन्द्र बज्राचार्यको प्रतिवद्धता सहितको (भिडियो हेर्नुहोस्) ।