२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं, श्रावण ७ । खल्तीको वार्षिक अफर, “द बिगेस्ट पेमेन्ट जात्रा” मा ८ लाख ६८ हजार भन्दा बढी प्रयोगकर्ताको सहभागिताका साथ सम्पन्न भएको छ ।
यस करोडौँको अफरमा प्रमुख उपहारहरूमा ६ वोटा पल्सर N160, २ वोटा iPhone 14, OnePlus 11, Diamond Ring तथा अन्य उपहारहरु समावेश भएको र यसकासाथै, प्रयोगकर्ताहरूले प्रत्येक भुक्तानी पछि स्क्र्याच कार्डहरू प्राप्त गरेका खल्तीले जनाएको छ । खल्तीका अनुसार प्रत्येक दिन भर्चुअल खुत्रुके जसबाट ५० वटा स्मार्टवाचहरू, ३० वटा इयरबडहरू, ५०० चलचित्र टिकटहरू र करोडौँ मूल्यका कुपनहरू वितरण गरिएको थियो ।
फेसबुक लाइभ मार्फत घोषणा भएका बिजेताहरुमा बिटु साह कल्वार (राउण्ड १), प्रदिप धिताल (राउण्ड २), लक्ष्मण डेली स्टोर (राउण्ड ३), नरेन्द्र महर्जन (राउण्ड ४) र निहाल आयुर्वेदिक फार्मा (बोनस राउण्ड) रहेका छन् । अन्तिम लाइभमा २ वटा पल्सर N160 राउन्ड ४ र बोनस राउन्डका विजेताहरूको साथै अरु बम्पर उपहार जस्तै iPhone 14, One Plus 11, र Diamond Ring का भाग्यशाली विजेता घोषणा भएका थिए ।
यसैबीच यो २ महिनाको अवधिमा अन्य उपहार र कुपनहरू स्क्र्याच कार्ड मार्फत रु. २ करोड ९० लाख भन्दा बढी र खुत्रुके मार्फत रु. ५ करोड ३० हजार भन्दा बढीको उपहार खल्ती प्रयोगकर्ताले पाएको खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले बताउनुभयो ।
खड्काले भन्नुभयो, “यस अफरको सुरुवातमा प्रत्येक प्रयोगकर्तालाई कुनै पनि भुक्तानी गर्ने अतुलनीय फाइदाहरूका साथ डिजिटल रूपमा कारोबार गर्न प्रोत्साहित गर्ने भनि अपेक्षा गरिएको थियो । यो अफरलाई नेपालको भुक्तानी उद्योगमा उत्कृष्ट सफलता दिन मदत गर्नुभएका हाम्रा साझेदारहरूप्रति हामी आभारी छौं । हाम्रा प्रयोगकर्ता, एजेन्ट, मर्चेन्ट, मिडिया, ब्रान्ड पार्टनरहरु, बैंक तथा इन्सुरेन्सहरु, नियामकहरु र अन्य साझेदारहरूको साथ बिना यो अफरको सफलता सम्भव थिएन । आगामी दिनमा पनि डिजिटल भुक्तानी प्रति सबै नेपालीलाई प्रोत्साहित गर्न खल्तीले थुप्रै रोमान्चक अफर र पुरस्कारहरु आफ्ना प्रयोगकर्ता माझ ल्याउने छ ।