डलरको भाउ घट्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

 अर्थ बुलेटिन   ९ सावन, २०८०



काठमाडौं । मंगलबार अमेरिकी डलरको समान्य घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ६१ पैसा र बिक्री दर १३१ रूपैयाँ २१ पैसा तोकिएको छ। बैंकहरूले भने १३१ रूपैयाँ ०५ पैसाको दरमा डलर बिक्री गरिरहेका छन्।

सोमबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ८२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४२ पैसामा कारोबार भएको थियो।  नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विनिमय दर अनुसार पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ २० पैसा र बिक्रीदर १६८ रुपैयाँ ९७ पैसा तोकिएको छ। सोमबार पाउण्ड एकको खरिद दर भने १६८ रूपैयाँ ०३ पैसा र बिक्रीदर १६८ रूपैयाँ ८० पैसा कायम गरिएको थियो। सोमबारको तुलनामा आज युरो १७ पैसा बढेको हो।

यस्तै, मंगलबार अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १२ पैसा र बिक्री दर ८८ रुपैयाँ ५२ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिद दर  १४४ रुपैयाँ ८६ पैसा र बिक्रीमा १४५ रुपैयाँ ५३ पैसा छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९९ रुपैयाँ ४३ पैसा तोकिएको छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ०२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रुपैयाँ ५६ पैसा र बिक्रीमा २८ रुपैयाँ ७० पैसा पाइन्छ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ५८ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ५३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ०८ पैसा तोकिएको छ



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation