सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढ्यो

 अर्थ बुलेटिन   १० सावन, २०८०



काठमाण्डौ । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक लाख १२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख १२ हजार दुई सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation