बढ्यो अमेरिकी डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

 अर्थ बुलेटिन   ११ सावन, २०८०



काठमाडौं । बिहीबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ९० पैसा र बिक्रीदर १३१ रुपैयाँ ५० पैसा कायम गरिएको छ।बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७० पैसा र बिक्रीदर १३१ रुपैयाँ ३० पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको २० पैसा बढेको हो।

युरोपियन युरो एकको खरिदमा भने १४५ रुपैयाँ ०६ पैसा र बिक्रीमा १४५ रुपैयाँ ७३ पैसा पाइन्छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ४८ पैसा र बिक्रीमा ८८ रुपैयाँ ८८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९९ रुपैयाँ ०९ पैसा र बिक्रीमा ९९ रुपैयाँ ५५ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रुपैयाँ १२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८९ पैसा तोकिएको छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९३ पैसा र बिक्रीमा ३६ रुपैयाँ १० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५ रुपैयाँ ०६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ७७  पैसा र बिक्रीमा २८ रुपैयाँ ९० पैसा पाइन्छ।बिहीबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ५५ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ५१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ २७ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ८६ पैसा तोकिएको छ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation