२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । काठमाडौं उपत्यकालगायत बाग्मती प्रदेश भित्रका उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडादर घटेको छ ।
वाग्मती प्रदेश सरकारको प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबार सार्वजनिक सवारीसाधनको नयाँ भाडादर तोकेको छ ।
नयाँ भाडादरअनुसार काठमाडौं उपत्यकाभित्रका सार्वजनिक सवारीसाधनको भाडा एक रुपैयाँले घटेको छ ।
नयाँ भाडादर अनुसार सार्वजनिक बसमा शून्यदेखि पाँच किलोमिटरसम्म यात्रा गर्दा अब १८ रुपैयाँ भाडा तोकिएको छ ।
त्यसैगरी उपत्यकाभित्र १० किलोमिटर यात्रा गर्दा २४ रुपैयाँ, १५ किलोमिटरसम्म यात्रा गर्दा २९ रुपैयाँ तोकिएको छ ।
त्यस्तै २० किलोमिटरसम्मको भाडा पहिला ३३ रुपैयाँ रहेकोमा अहिले ३२ रुपैयाँ कायम गरिएको मन्त्रालयले जनाएको छ । साउन ११ गतेदेखि लागू हुने
भाडादरमा २० किलोमिटरभन्दा लामो दूरीको भाडा ३७ रुपैयाँ तोकिएको छ ।
नयाँ भाडादरको सूची: