अमेरिकी डलरको भाउ बढ्दा घट्यो युरो र पाउण्ड, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

 अर्थ बुलेटिन   १४ सावन, २०८०



काठमाडौं । राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ३० पैसा र बिक्रीदर १३१ रुपैयाँ ९० पैसा कायम गरिएको छ। शुक्रबार डलर एकको खरिददर १३० रुपैयाँ ८० पैसा र बिक्रीदर १३१ रुपैयाँ ४० पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ५० पैसा बढेको हो।यस्तै, युरोपियन युरो भने अघिल्लो दिनको तुलनामा घटेको छ।

आज युरो एकको खरिदमा आज १४४ रुपैयाँ ०८ पैसा र बिक्रीमा १४४ रुपैयाँ ७४ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ ६३ पैसा घटेको हो।त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ २९ पैसा र बिक्रीदर १६९ रूपैयाँ ०६ पैसा तोकिएको छ । शुक्रबार पाउण्ड एकको खरिददर १६९ रूपैयाँ ६१ पैसा र बिक्रीदर १७० रूपैयाँ ३९ पैसा तोकिएको थियो।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रुपैयाँ ३७ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७७ पैसा पाइन्छ। त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९९ रुपैयाँ २६ पैसा र बिक्रीमा ९९ रुपैयाँ ७२ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ०४ पैसा र बिक्रीमा ३६ रुपैयाँ २१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३५ रुपैयाँ १७ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ ८३ पैसा र बिक्रीमा २८ रुपैयाँ ९६ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ४९ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ४४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ९३ पैसा तोकिएको छ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation