आजको विदेशी मुद्राको विनिमय दर, बेलायती पाउन्ड १६८ रूपैयाँ बढी

 अर्थ बुलेटिन   १६ सावन, २०८०



काठमाडौ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ३० पैसा र बिक्री दर १३१ रूपैयाँ ९० पैसा रहेको छ भने युराेपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ८९ पैसा र बिक्री दर १४५ रूपैयाँ ५५ पैसा रहेको छ। हिजो अमेरिकी डलर एकको खरिद दर १३१.३० रुपैयाँ रहेको छ भने बिक्री दर १३१.९० रुपैयाँमा तथा युरोपियन युरो एकको खरिद दर १४४.६४ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.३० रुपैयाँमा काराेबार भएकाे थियाे ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ८९ पैसा र बिक्री दर १६९ रूपैयाँ ६६ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०८ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४९ रुपैयाँ   , क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९७ पैसामा काराेबार गर्न सकिनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २३ पैसा र बिक्रीदर ९ रुपैयाँ २७ पैसामा खरिदबिक्री भइरहदाँ दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ ३ पैसा र बिक्रीदर  १० रूपैयाँ ३४ पैसामा काराेबार गर्न सकिने छ ।यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०२ पैसा र बिक्री दर ३६ रूपैयाँ १९ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.० रुपैयाँ र बिक्री दर ३५.१६  रुपैयाँ,  मलेसियन रिंगिट एकको खरिद दर २९.१२  रुपैयाँ रहेको छ भने बिक्री दर २९.२५ रुपैयाँ तथा कुवेती दिनार १ को खरिदमूल्य ४२७.४९ पैसा  विक्रीदर ४२९.४५ पैसामा खरिदबिक्री गर्न सकिने जनाइएकाे छ ।


 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation