इलेक्ट्रिक स्कुटर खरिदमा कुमारीवाट सरल कर्जाविना शुल्क अग्रिम भुक्तानी गर्न मिल्ने

    १७ सावन, २०८०



काठमाडौं । ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.ली (एफ डि मोर्टर्स) र कुमारी बैंक ली. बिच मिति क्रेडिट कार्ड मार्फत शुन्य प्रतिशत व्याज दरमा रु. ३ लाख सम्म डाउन पेमेन्ट बिनानै कर्जा उपल्ब्ध गराउने गरी सम्झौता भएको छ । 

सम्झौता अनुसार ग्राहकले एफ डि मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्दा सरल र सहज रुपमा कुमारी बैंक ली. वा एफ डि मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर १२ महिना देखी १८ महिना सम्मको किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरीद गर्न सक्नेछन् । यदी कुनै पनी ग्राहकले कर्जा को भुक्तानी अग्रीम रुपमा गर्न चाहेमा बिना शुल्क भुक्तानी गर्न सक्ने छन् । 

एफ डि मोर्टर्स ले हाल दुई ओटा मोडेल को इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा एफ फाइब को मुल्य रु. २,६१,९९९ र एफ फाइब ए को मुल्य रु. २,९७,९९९ रहेको छ । 

एफ डि मोर्टर्स नेपालको स्कुटरमा प्रयोग भएको  ५ बिषेश बिषेशताका कारण र सो बिषेशताका बाबजुत पनी यसको मुल्य उत्कृष्ट भएर बजारमा सफल भइ रहेको ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.ली विज्ञप्ती मार्फत जनाएको छ । 

ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.लीको विज्ञप्ती:

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation