आजको विदेशी मुद्राको विनिमय दर, डलरकाे भाउ १३२ बढी

 अर्थ बुलेटिन   ६ भदौ, २०८०



काठमाडौ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ४० पैसा र बिक्री दर १३३ रूपैयाँ ०० पैसा  तथा युराेपियन युरो एकको खरिद दर १४४ रूपैयाँ १४ पैसा र बिक्री दर १४४ रूपैयाँ ८० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ०१ पैसा र बिक्री दर १६९ रूपैयाँ ७७ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.३१ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.७० रुपैयाँमा तथा क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९८ रुपैयाँ २७ पैसामा काराेबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ९ पैसा र बिक्रीदर ९ रुपैयाँ १३ पैसामा काराेबार हुदाँ बुधवार दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९ पैसा र बिक्रीदर  ९ रूपैयाँ ९४ पैसामा काराेबार हुनेछ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३२ पैसा र बिक्री दर ३६ रूपैयाँ ४९ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४६ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.४९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६१ रुपैयाँमा खरिदबिक्री गर्न सकिनेछ । साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.७२ पैसा  विक्रीदर ४३१.६६ पैसा कायम भएकाे छ ।




प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation