हिमालयन एभरेष्ट इन्स्याेरेन्सको ६७ हजार ४८१ कित्ता संस्थापक सेयर बिक्रीमा, भाउ कति ?

 अर्थ बुलेटिन   ७ भदौ, २०८०



काठमाडौ । हिमालयन एभरेष्ट इन्स्याेरेन्सले ६७ हजार ४८१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीका संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयरको मूल्य प्रतिकित्ता २०० रुपैयाँ तोकिएको छ ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय थापागाँउ, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation