लगातार बढेको सुनको भाउ आज स्थिर, कतिमा हुँदै छ कारोबार ?

 अर्थ बुलेटिन   ८ भदौ, २०८०



काठमाडौ । लगातार बढेको सुनको भाउ आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम रहेको छ ।यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँ निर्धारण भएको छ । यसअघि बिहीबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको थियो ।

शुक्रबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १४ सय ५० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ६० रुपैयाँ कायम रहेको थियो । बजारमा शुक्रबार सुन प्रतिऔंस १ हजार ९१४.४१ डलरमा र चाँदी प्रतिऔंस २४.०५ डलरमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation