

२७ चैत, २०८१ | 09 Apr, 2025
काठमाडौं । आज अमेरिकी डलरको भाउ सामान्य बढेको छ। बिहीबार एक डलरको खरिद मूल्य १३१ रूपैयाँ आठ पैसा रहेकोमा आज १३२ रूपैयाँ १६ पैसा छ। नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी मुद्राको दरअनुसार बिहीबारको तुलनामा आठ पैसाले बढेको हो। आजको लागि एक डलरको बिक्री मूल्य १३२ रुपैयाँ ७६ पैसा छ।
त्यस्तै एक युरोको खरिद मूल्य १४३ रूपैयाँ ७२ पैसा र बिक्री मूल्य १४४ रूपैयाँ ३८ पैसा तोकिएको छ। आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ ५३ पैसा र बिक्रीमा ८५ रुपैयाँ ९२ पैसा तोकिएको छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५६ पैसा र बिक्रीमा ९८ रुपैयाँ पाइन्छ। पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४२ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३९ पैसा तोकेको छ।