यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

 अर्थ बुलेटिन   २० भदौ, २०८०



काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३३ रुपैयाँ १७ पैसा कायम गरिएको छ।  त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ३३ पैसा र बिक्रीमा १४२ रुपैयाँ ९८ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६७ रुपैयाँ १४ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ३८ पैसा र बिक्रीमा ८४ रुपैयाँ ७६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ०९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५२ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५० पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ०९ पैसा र बिक्रीमा ३६ रुपैयाँ २६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ ४३ पैसा र बिक्रीमा २८ रुपैयाँ ५६ पैसा पाइन्छ।बुधबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ७१ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ६६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५३ रुपैयाँ २५ पैसा तोकिएको छ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation