२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं ।बिहीबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३२ पैसा कायम गरिएको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३३ रुपैयाँ १७ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको १५ पैसा बढेको हो।
युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ५३ पैसा र बिक्रीमा १४३ रुपैयाँ १७ पैसा पाइन्छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ८७ पैसा र बिक्रीमा ८५ रुपैयाँ २५ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ २९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७३ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६६ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३३ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४० पैसा र बिक्रीमा ३६ रुपैयाँ ५७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५४ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ४० पैसा र बिक्रीमा २८ रुपैयाँ ५२ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ २० पैसा र बिक्रीमा ४३२ रुपैयाँ १५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ६४ पैसा तोकिएको छ।