नीति नियम संगत संचालनमा रहेका सहकारीमा कुनै समस्या छैनसंचालकहरु नीजि स्वार्थ र लोभमा पर्दा केहिमा समस्या आएको सरोकारवालाहरुको भनाई

 प्रकाश भट्ट   २३ भदौ, २०८०



कास्की । जिल्ला सहकारी संघ लि. कास्कीले २५ वटा सहकारी संस्थाका ४८ जना सहभागिहरुलाई वार्षिक साधारण सभाको पूर्व सन्ध्यामा साधारण सभा संचालन प्रक्रिया संबन्धमा १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा वोल्दै निवर्तमान अध्यक्ष रविरमण तिवारीले केहि सहकारीहरु व्यक्तिगत लोभलालच, स्वार्थिपन र छिट्टै धनि बन्ने सपना देखेर संचालनमा आएकाले सहकारीहरु समस्यामा परेको बताउनुभयो । उहाँले व्यवस्थापन र संचाालकहरुलाई सुझाव दिदै भन्नुभयो ‘शेयर सदस्यहरुको विश्वास माथि कुठाराघात नगरौं । सुव्यवस्थित सहकारी संचालनका लागि कानुनको पालना गरौं । नीति र नियम संगतचल्ने संस्थाहरु कहिल्यैं समस्यामा पर्दैनन् भन्ने विश्वास व्यक्तगर्दै नविराउनु न डराउनु, सभामा डटेर प्रस्तुतहुनु ।’ 

उपाध्यक्ष अम्बिका गौतमले सहकारीका सात सिद्धान्त बाचन गर्दै औपचारीक कार्यक्रममा बाचन गर्नका लागि मात्र सिद्धात प्रतिपादन भएका नभएर व्यवहारमा उतार्नका लागि आग्रह गर्नुभयो । 

जिल्ला सहकारी संघ सावित्रा कोइरालाको अध्यक्षतामा संचालित प्रशिक्षण कार्यक्रममा बरिष्ठ उपध्यक्ष छविलाल लामिछानेले आफ्नो स्वागत मन्तव्य राख्दै सहकारी कानुन एक छ तर साधारण सभा सचालनका रुप अनेक छन् भन्दै हाम्रो पहलकदमी एक रुपताका लागि हो भन्नुभयो । 

अन्तरक्रिया कार्यक्रमको सहजिकरण जिल्ला सहकारी संघ राष्ट्रिय प्रतिनिधि तथा शिक्षा उपसमिति संयोजक दिपक प्रसाद आचार्य र शिक्षा उपसमिति सदस्य धनञ्जय पौडेलले गर्नु भएको थियो । कार्यक्रमको संचालन महासचिव दिपक प्रसाद बास्तोलाले गर्नु भएको जिल्ला सहकारी संघ कास्कीका वरिष्ठ प्रवन्धक भोजराज घिमिरेले बताउनु भयो । अन्तरक्रिया कार्यक्रमा साधारण सभा संचालनका चरणहरु, शेयर सदस्यहरुको भूमिका, प्रतिवेदन प्रस्तुतिकरण, प्रतिनिधि मूलक साधारण सभा र गणपुरक संख्या एवं साधारण सभाको पुस्तिका प्रमाणीकरण जस्ता विषयहरु समेटिएको कोषाध्यक्ष नवराज बरालले जनाउनुभयो ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation