नेप्सेमा दोहोरो अंकको वृद्धि, १ अर्ब ७ करोडको सेयर कारोबार

 अर्थ बुलेटिन   २४ भदौ, २०८०



काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक १०.२३ अंकले बढेको छ। यसदिन नेप्से ०.५२ प्रतिशतले बढेर १९४२.६८ बिन्दुमा बन्द भएको छ।

आइतबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन १ अर्ब १५ करोड ९ लाख २० हजार ६०७ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब ७ करोड २२ लाख १२ हजार ४१८ रुपैयाँ पुगेको छ।

यस दिन २७६ वटा धितोपत्रको ४३ लाख १४ हजार ४१७ कित्ता सेयर किनबेच भएको हो। आइतबार सूर्योदय वोमी लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य ६६० रुपैयाँ पुगेको छ।

यस्तै, शुभम् पावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ७६० रुपैयाँ कायम भएको छ। सेयर मूल्य सर्वाधिक घट्नेमा हिमाल दोलखा हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ७.८१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ११८ रुपैयाँमा सीमित भएको छ।

यस्तै, ९.५% मन्जुश्री फाइनान्स डिवेञ्चर २०८५ को मूल्य ५.८७ प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ८९४ रुपैयाँ २० पैसा कायम भएको छ। आइतबार हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ११८ रुपैयाँमा ८ करोड ५६ लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा ७.८१ प्रतिशत घटेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा माछापुच्छ्रे बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता २५९ रुपैयाँ २० पैसामा ४ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जलविद्युत समूहको परिसूचक ०.१४ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।यसदिन व्यापार समूहको परिसूचक सर्वाधिक १.६७ प्रतिशतले बढेको हो।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation