बढ्यो अमेरिकी डलर, युरो र अष्ट्रेलियन डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

 अर्थ बुलेटिन   २६ भदौ, २०८०



काठमाडौं । मंगलबार अमेरिकी डलरको भाउसँगै युरोपियन युरो र अष्ट्रेलियन डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा कायम गरिएको छ।

सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०२ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १४ पैसा बढेको हो। त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ २४ पैसा र बिक्रीमा १४२ रुपैयाँ ८९ पैसा पाइन्छ।

सोमबार युरो एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा तोकिएको थियो।  यस्तै, मंगलबार अष्ट्रेलियन डलरको भाउ पनि बढेको छ।

आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ २२ पैसा र बिक्रीमा ८५ रुपैयाँ ६१ पैसा तोकिएको छ। अष्ट्रेलियन डलर अघिल्लो दिनको तुलनामा ७९ पैसा बढेको हो।  त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९७ पैसा पाइन्छ।

पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६२ पैसा तोकिएको छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५० पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ०९ पैसा र बिक्रीमा ३६ रुपैयाँ २५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रुपैयाँ ३६ पैसा र बिक्रीमा २८ रुपैयाँ ४९ पैसा पाइन्छ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ५२ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ४७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५३ रुपैयाँ २१ पैसा तोकिएको छ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation