२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । बिहीबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०८ पैसा कायम गरिएको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको १० पैसा बढेको हो। युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ २५ पैसा र बिक्रीमा १४२ रुपैयाँ ८९ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ९१ पैसा र बिक्रीमा ८५ रुपैयाँ २९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ६६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ११ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०६ पैसा तोकिएको छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४८ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ०७ पैसा र बिक्रीमा ३६ रुपैयाँ २३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ३१ पैसा र बिक्रीमा २८ रुपैयाँ ४४ पैसा पाइन्छ।बिहीबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ २५ पैसा र बिक्रीमा ४३१ रुपैयाँ २० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ०२ पैसा तोकिएको छ।