२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । मंगलबारअमेरिकी डलरको भाउ बढेको छ। मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३३ रूपैयाँ ५४ पैसा तोकिएको छ सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ८० पैसा र बिक्रीदर १३३ रुपैयाँ ४० पैसा थियो।
युरोपियन युरोको भाउ पनि केही बढेको छ। आज एक युरोको खरिददर १४१ रूपैयाँ ८६ पैसा र बिक्रीदर १४२ रूपैयाँ ५० पैसा छ। सोमबार युरो एकको खरिदमा १४१ रुपैयाँ ५२ पैसा र बिक्रीमा १४२ रुपैयाँ १६ पैसा तोकिएको थियो।
त्यस्तै बेलायती पाउण्ड स्टर्लिङको पनि खरिददर १६४ रूपैयाँ ९० पैसा र बिक्रीदर १६५ रूपैयाँ ६४ पैसा तोकिएको छ। सोमबार एकको खरिददर आज १६४ रूपैयाँ ५५ पैसा र बिक्रीदर १६५ रूपैयाँ ३० पैसा तोकिएको थियो।
अष्ट्रेलियन डलर एकको खरिदमा भने ८५ रुपैयाँ ६२ पैसा र बिक्रीमा ८६ रुपैयाँ ०१ पैसा पाइन्छ। त्यसैगरी क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ४३ पैसा र बिक्रीमा ९८ रुपैयाँ ८७ पैसा पाइन्छ।
मंगलबार कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६० पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रुपैयाँ ३५ पैसा र बिक्रीमा २८ रुपैयाँ ४८ पैसा पाइन्छ।त्यसैगरी आज कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ४१ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ३५ पैसा पाइन्छ। बहराइन दिनार एकको खरिददर भने ३५२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३५४ रुपैयाँ २३ पैसा तोकिएको छ।