यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

 अर्थ बुलेटिन   ३ असोज, २०८०



काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५४ पैसा कायम गरिएको छ।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ३१ पैसा र बिक्रीमा १४२ रुपैयाँ ९५ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६६ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ ९१ पैसा र बिक्रीमा ८६ रुपैयाँ ३० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९९ रुपैयाँ ४१ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६० पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ ३१ पैसा र बिक्रीमा २८ रुपैयाँ ४४ पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ५५ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ४९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५४ रुपैयाँ २५ पैसा तोकिएको छ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation