सुन–चाँदीको भाउ सामान्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री?

 अर्थ बुलेटिन   ७ असोज, २०८०



काठमाडौं । साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य सामान्य बढेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला चार सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला एक सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १४ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation