गरिमामा अब विदेशबाट पनि मोबाईल बैकिङ सुचारु

 अर्थ बुलेटिन   १२ असोज, २०८०



काठमाडौं । गरिमा विकास बैंकका ग्राहकहरुले अब विदेशवाटनै पनि मोवाइल बैंकिङ सेवा प्रयोग गर्न सक्ने भएका छन् । 

बैंकले एक विज्ञप्ती जारी गर्दै हाल रोजगारी, अध्ययन एवं विभिन्न सिलसिलामा विदेशमा रहनुहुने नेपालीहरुको संख्या दिनानुदिन बढ्दै गईरहेको परिप्रेक्षामा उनिहरुको पहुँचको लागि यो सेवा सुचारु गरेको जनाएको छ । 
बैंकले विज्ञप्तीमा भनेको छ “अल्पसङ्ख्यक नेपालीहरु विदेशमा रहँदै गर्दा नेपालस्थित आफ्नो बैंक खातासम्मको पहुँच जस्तै ः कारोबार विवरण हेर्न एवं स–साना कारोबार गर्न समेत असहज परिस्थिती रहेको अवस्थामा यस गरिमा विकास बैंकले आफ्ना विदेशमा रहनुहुने ग्राहकहरुको पहुँच हुनेगरी मोबाईल बैकिङ सेवालाई स्तरोन्नती गरेको छ ।” 

बैंकवाट जारी विज्ञप्तीः

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation