गरिमाको क्रेडिट कार्डमा ईएमआई सेवा सुरुविकास बैंकहरुमध्येमा गरिमा पहिलो

 प्रकाश भट्ट   १९ असोज, २०८०



काठमाडौं । “आज किन्नुहोस् र पछि तिर्नुहोस्” सिद्धान्तमा आधारित रहने क्रेडिट कार्ड सुविधा गरिमा विकास बैंकले जारी गर्दै आएको भएपनि पहिलो पटक क्रेडिट कार्डमा ईएमआई सेवा अर्थात् किस्ताबन्दीको सुरुवात गरेको छ ।

विकास बैंकहरु मध्येमा यो सेवा सुरुवात गर्ने गरिमा विकास बैंक पहिलो भएको छ । यस अन्तर्गत, बैंकले सम्झौता गरेको विक्रेताहरुसँग ग्रामहकले सामान खरिद गरी गरिमा विकास बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा सबै खरिद रकम एकै पटक नभई ०% ब्याजदरमा मासिक किस्ताको रुपमा तिर्न सकिने छ । 

साथै, यदि ग्राहक आफैले पनि अरु कतैबाट सामान खरिद गरि गरिमा विकास बैंकमा भ्याट बिल पेश गरि यो सुविधा लिन चाहेमा पनि सजिलै लिन सकिनेछ । आउँदै गरेको बडा दसैँ तथा तिहारमा सामान खरिद गर्न मन हुने तर तुरुन्तै सबै रकम भुक्तानी गर्न असहज हुने ग्राहकमहानुभावहरुले योे सुविधा मार्फत लाभ उठाउन सक्नुहुनेछ । बैंकले सबै नेपालीको पहुँचमा क्रेडिट कार्ड पहुँच पुग्नेछ र यसले देशको समस्त आर्थिक प्रणाली चलायमान रहने छ भन्ने विश्वास राखेको आज एक विज्ञप्ती जारी गर्दै जनाएको छ । 

गरिमा विकास बैंकको विज्ञप्तीः

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation