![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने समय शुक्रबार सकिँदै छ । गत कात्तिक १० गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने शुक्रबार (कात्तिक २४ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।