बढ्यो युरो र पाउण्डको भाउ, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?

 अर्थ बुलेटिन   २७ फागुन, २०८०



काठमाडौं । राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आज बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रूपैयाँ ५५ पैसा र बिक्रीदर १७० रूपैयाँ ३२ पैसा कायम गरिएको छ।शुक्रबार पाउण्ड एकको खरिदद १६८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३९ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ९३ पैसा बढेको हो।

युरोपियन युरो एकको खरिददर आज १४४ रूपैयाँ ५० पैसा र बिक्रीदर १४५ रूपैयाँ १६ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४८ पैसा बढेको हो।यस्तै, अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ १६ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७६ पैसा कायम गरिएको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रूपैयाँ ८२ पैसा र बिक्रीमा ८८ रूपैयाँ २२ पैसा पाइन्छ। त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ २९ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७३ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४० पैसा तोकेको छ।युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९८ पैसा र बिक्रीमा ३६ रूपैयाँ १६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ २१ पैसा र बिक्रीमा २८ रूपैयाँ ३४ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ३५ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ३० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ५८ पैसा र बिक्रीदर ३५२ रूपैयाँ १८ पैसा तोकिएको छ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation