सुनको मूल्यले नयाँ रेकर्ड राख्ने क्रमले आइतबार पनि पायो निरन्तरता प्रतितोला कति पुग्यो?

 अर्थ बुलेटिन   २७ फागुन, २०८०



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) पनि सुनको मूल्यले नयाँ रेकर्ड राख्न सफल भएको छ। मंगलबारदेखि रेकर्ड राख्न सुरू गरेको सुनको मूल्यले आइतबार पनि निरन्तरता पाएको हो। मंगलबार, बुधबार र बिहीबार तीन दिन सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको हो भने शुक्रबार भने सुनको मूल्य स्थिर रहेको थियो।

यस्तै, आज अर्थात् आइतबार पनि सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। बिहीबार सुन अहिलेसम्मकै महँगो प्रतितोला एक लाख २५ हजार रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख २६ हजार रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक हजार रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ७५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार चार सय ७० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation