'आलेप' देखि 'ए–सिइओ' सम्मको खनियाँको यात्रा

 अर्थ बुलेटिन   १७ बैशाख, २०८१



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको सहायक महाप्रबन्धक पदमा कार्यरत अर्जुनराज खनियाँ सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा हुनुभएको छ ।

सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरीक लेखा परिक्षकका रुपमा नायव प्रवन्धक पदमा नियुक्त भई वाणिज्य बैंकको यात्रा आरम्म गर्नुभएका खनियाँ २० बर्षको निरन्तर बैंकिङ्ग यात्रा पार गर्दै सहायक प्रमुख कार्यकारी अधिकृत (ए–सिइओ) पदमा पुग्नुभएको छ ।

सन् २०१० मा सरकारी जागिरलाई तिलाञ्जली दिएर निजी क्षत्रमा होमिनुभएका खनियाँ  निजी क्षेत्रको बैंकका अब्बल व्यवस्थापकका रुपमा परिचित हुनुहुन्छ । तात्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रुपमा नियुक्त भई उहाँले निजी क्षेत्रको बैंकिङ्ग करियर आरम्म गर्नुभएको थियो । 

मेहनती, निष्ठावान, जिम्मेवार भूमिका निर्वाह गर्न सफल खनियाँ बैंकको माथिल्लो तहका व्यवस्थापक देखि तल्लो तहका कर्मचारीसम्म सबैले रुचाईएका व्यक्ति भएको उहाँका सहकर्मीहरु बताउछन् । 

करिब २० वर्षको बैंकिङ्ग करियरमा खनियाँले बैंकका विभिन्न शाखाहरु, विभागहरु एवम् इकोसिस्टमहरुको कार्य अनुभव बटुलिसक्नुभएको छ । हाल बैंकको कार्यकारी तथा व्यवस्थापन टिमसंग निकै नजिक रहेर जिम्मेवारी निर्वाह गर्दै आउनुभएका खनियाँले  बैंकका विभिन्न विभाग तथा इकोसिस्टमहरुमा प्रमुखको रुपमा नेत्तृत्वदायी भुमीकामा रही बैंकको व्यवसायिक रणनीति निर्माण एवम् कार्यान्वयनमा योगदान दिनुभएको छ । 

हाल उहाँले बैंकको Strategic Performance Management Ecosystem/ Experience Assurance Ecosystem प्रमुख, प्रमुख सूचना अधिकारी, प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारी समेत सम्हाल्दै आउनु भएको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation