मौद्रिक नीतिको प्रभावः बजार तेहोरो अंकले बृद्धिपटक पटक सर्किट ब्रेक, बैंकहरुमा १० प्रतिशतको उछाल

 अर्थ बुलेटिन   १३ सावन, २०८१



काठमाडौं । मौद्रिक नीति आएपछिको पहिलो कारोवार दिन आइतवार शेयर बजार पटक पटक सर्किट लाग्दै तेहोरो अंकमा बढेर रोकिएको छ । तेहोरो अंक अर्थात ११३.४२ (४.४१ प्रतिशत) को बृद्धिसंगै आइतवार बजार २६८१.५६ अंकमा पुगेको छ । 

यस दिन ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता शेयरको खरिद विक्रि हुदाँ १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २३५ रुपैया ४५ पैसाको कारोवार भएको छ । 

आइतवार बजार शुरु भएको दोश्रो मिनेट भित्रनै ४ प्रतिशतले बृद्धि भएर सर्किट लागेको बजार पुनः खुलेको १ मिनेटमानै थप १ प्रतिशत बढेर अर्थात ५ प्रतिशत पुगेर पुनः दोश्रो सर्किट लागेको थियो । 
मौद्रिक नीतिले बैंकहरुको लगानीमा लागि खुकुलो बातावरण बनाउदा यस दिन बैंकका शेयरहरुमा लगानीकर्ताको आकर्षण हवात्तै बढ्यो । यस दिन धेरैजसो बैंकहरु १० प्रतिशत बृद्धि भएर रोखिए । 

यस दिन २२ बटा कम्पनिको बजार मुल्य सकारात्मक सर्किट लागेको थियो । थप १८९ वटा कम्पनिको बजार मुल्य बढेको थियो भने ११३ वटा कम्पनिको बजार मुल्य घटेको थियो । साथै, १६ बटा कम्पनिको बजार मुल्य भने स्थिर रहेको थियो । 

आइतवार, रकम र शेयर कित्ता दुबैमा कुमारी बैंकको सर्बाधिक कारोवार भएको छ । सबैभन्दा धेरैपटक खरिद पटक खरिद विक्रि निफ्राको भएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation