ट्रष्ट माइक्रो इन्स्योरेन्सले आइपीओ निष्कासन गर्नेसाधारण सभा जेठ १ गते

 अर्थ बुलेटिन   १० बैशाख, २०८२



काठमाडौ, बैशाख १० । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेको आगामी जेठ १ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नछ ।

साथै, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । 

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनार्थ कम्पनीले वैशाख २५ गते बुक क्लोज गर्ने भएको छ ।

सभा महाराजा रिसोर्ट प्रालि, रुपन्देहीमा बिहान सवा ९ बजे सुरु हुनेछ । 
 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation