सर्वोच्चको आदेशः विषादी प्रयोग गरिएका खाद्यान्न बजारमा आउन नदेउ

    ५ माघ, २०७६



काठमाडौं । विषादी प्रयोग गरिएका खाद्यान्न प्रयोग गरिने समयभन्दा अघि बजारमा आउन नदिन अनुसन्धान गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विषादीका विषयमा प्रभावकारी व्यवस्था कार्यान्वयन गर्न सरकारलाई आदेश दिएको हो ।

सर्वोच्चले विषादी प्रयोग गरिएका खाद्यान्न कति समयपछि प्रयोगमा ल्याउन सकिने हो भन्ने कुरा विशेषज्ञबाट यकिन गर्न पनि उनीहरुले दिएको आदेशको पूर्णपाठमा उल्लेख छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation